*
महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले नविनतम कार्यको सुरुवात गरेको छ । विहीवारदेखी पालिकाले कार्यालयमा सम्पुर्ण कर्मचारी सहित राष्ट्रिय गित गाएर कामको सुरुवात गरेको छ ।
कार्यालयको काम सुभारम्भ गर्नु भन्दा पहिले ठिक १० बजे कार्यालय संंचालन हुने समयमा सबै कर्मचारी नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत कर्मचारीहरुले राष्ट्रिय गित गाएर कामको सुरुवात गरेका छन् ।
अहिले वेदकोट नगरपालिकामा आउनु भएका नयाँ प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टको नेतृत्वमा प्रत्येक दिन कार्यालय समयमा उपश्थिती भई राष्ट्रिय गित गाएर मात्रै कार्यालयको काम गरिने नगर उपप्रमुख तुलसी जोशीले बताउनु भयो ।
राम्रो कामको सुरुवात गर्न र आफनो राष्ट्रियता झाल्काउन सबैमा आफनो राष्ट्रको मान सम्मानको लागी पनि यो नविनतम कार्यको सुभारम्भ गरिएको नगर उपप्रमुख जोशीले बताउनु भयो ।
सबै कर्मचारीहरुले आफनो कार्यालय पोशाक लगाएर राष्ट्रिय गित गाएर आफनो कार्यको सुभारम्भ गर्नु हुन्छ उहाँहरुलाई पनि सेवा दिनमा मनैदेखी काम गर्ने हौसला प्रदान गर्ने, नयाँ विचारको विकास पनि हुने र नयाँ अनुभव होस भनेर यो कार्यको सुभारम्भ भएको जानकारी दिनुभयो ।
आफनो राष्ट्रियता प्रती सवैको मान सम्मान हुनु पर्ने र आफनो काममा पनि राष्ट्रियता झल्निु पर्नेमा आफनो धारणा रहेको उहाँले बताउनु भयो ।
Comments are closed.