उदयदेव बहुउदेद्देशीय सहकारीको २६ औँ बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडले आफनो २६औ बार्षिक साधारण सभा समपन्न गरेको छ । ‘उज्जल भविष्यको लागि आजैदेखि बचत गरौँ’ भन्ने मुल नाराको साथमा साथ शुक्रबार महेन्दनगरमा २६औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमका सभाध्यक्ष एवम उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारा जोशीले आगामी दुई बर्षमा २५ करोड शेयर पुँजी पु¥याउने लक्ष्य रहेको बताउनु भयो । सहकारीबाट अहिले २५ हजार ४० जना शेयर सदस्यले सेवा लिईरहेको र १८ करोड, ८५ लाख, ७४ हजार, ५ सय शेयर पुँजी रहेको, १ अर्ब, ७८ करोड, ७लाख, ४ हजार, २३७ रुपैया निक्षेप रहेको बताउनु भयो ।

हालसम्म १ अर्ब, ५१ करोड, ९६ लाख, ८९हजार ४९४ रुपैया लगानी रहेको र सहकारीले विभिन्न शिर्षकमा २ करोड, १२ लाख, ७८ हजार, १९५ रुपैया तिरेको जानकारी दिनु भयो । शेयर सदस्यहरुलाई १५.५८प्रतिशत लाभान्स बोनस वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले सहकारीले देशैभरमा रहेका उत्कृष्ट सहकारीको पंक्तीमा आफुलाई पनि उभ्याउन सकेको बताउनु भयो ।

सुदूरपश्चिममा आफनो बेग्लै ईतिहास बनाएर आर्थिक रुपमा महिला शेयर सदस्यहरुलाई सबल बनाउँदै लगि रहेको र कृषी क्षेत्रमा पनि सकारात्मक परिवर्तन गर्नका लागी काम गरिरहेको बताउनु भयो । उदयदेव सहकारीले आर्थिक क्षेत्रमा थुप्रै कामकाज प्रगति गरेको भन्दै अन्य सहकारीपनि यस्तै हुनुपर्नेमा जोडदिए ।कृषि प्रर्बद्धन केन्द्र मार्फत किसानलाई आर्थिक गतिबिधीमा जोडिएको छ ।

विभिन्न समाजिक कार्य समेत गरेको जनाएको छ । उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले आगामी दिनमा कृषि उत्पादन बस्तु सेवामा लगानी गर्दै सहकारीका सदस्यदेखि जनतालाई आर्थिक गतिबिधीमा जोडिने बताए ।

केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर भई सुप प्रदेशका अन्य जिल्ला एव कञ्चनपुरकै विभिन्न पालिकाहरुमा सहकारीले सेवा प्रदान गर्र्दैै आएको छ । उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारिका पदाधिकारी, सदस्य सरोकारवाला सहितको सहभागिता रहेको

सम्बन्धित

Comments are closed.