महेन्द्रनगर । इम्प्याक्ट नेपालले आयोजना गरेको निशुल्क कान शिविरबाट ६५ जनाले सेवा लिएका छन् । भिमदत्त नगरपालिकामा निशुल्क कान चेक जाँच शिबिर संस्थाले आयोजना गरेको छ ।
इम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र, भासी, महेन्द्रनगरको आयोजना र भिमदत्त नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा भिमदत्त नगरपालिका वडा न. २ आधारभुत स्वास्थ्य सेवा केन्द्र, उल्टाखामबाट १ दिने निशुल्क कान चेक जाँच शिबिर शुरु गरेको छ ।

शिबिरबाट करिब ६५ जनाले सेवा लिएको र धेरै जस्तो बिरामिको कान स्वास्थ्य सम्बन्धि उपचार समयमै नभएर कानको अप्रेशन गर्नु पर्ने, शुन्ने क्षमता कम भएर मेशिन प्रयोग गर्नुपर्ने अवस्था रहेको संस्थाका परियोजना अधिकृत राम बहादुर बोगटिले बताउनु भयो ।
ेबताएको छ । भिमदत्त नगरपालिका अन्तर्गत पाएक पर्ने ५ वटा वडा तथा पायक पर्ने स्थानका आधारमा शिबिर गर्न गैरहेको संस्थाका परियोजना अधिकृत राम बहादुर बोगटिले बताउनु भयो ।
विहिवार १३ गते शहरी स्वास्थ्य केन्द्र, वडा न. १६ बसन्तपुरमा, मङ्सिर १७ गते जिमुवा स्वास्थ्य चौकी, वडा न. १० मा मङ्सिर १८ गते संस्थाको आफ्नै कान उपचार केन्द्र, भासी महेन्द्रनगरमा र मङ्सिर १९ गते शहरी स्वास्थ्य केन्द्र वडा न. ०७, हल्दुखालमा रहने उहाँले जानकारी दिनुभयो ।
Comments are closed.