महेन्द्रनगर । वेदकोट नगरपालिका १० मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत विहिवार लागुऔषध दुव्र्यशन विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा र स्विट नेपाल, र निड्स गैर सरकारी संस्थाको सहयोगमा उक्त कार्यक्रम गरिएको थियो ।“हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथमा पालिकाले १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।
वेदकोट नगरपालिकाको वडा नम्वर १० मा रहेको ग्रामिण तथा सहकारी संस्था लिमिटेडमा आमा समुह, महिलाहरुको समुहमा आवद्ध सदस्यहरु, विद्यार्थीहरु जनप्रतिनिधीहरुका माझमा विभिन्न जानकारी मुलक विषयमा छलफल भएको थियो ।
महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापाले लागुऔषधले अहिले पुरै देश आक्रान्त भई रहेको बताउँदै, आफना बालबालिकाहरुलाई विषेश ध्यान दिन आवस्यक रहेको बताउनु भयो । आफनो परिवारमा रहेका सदस्हरुले सबैलाई माया गर्ने सम्मान गर्ने राम्रो व्यवहार गर्ने बानी रह्यो भने अन्य छिमेकीले पनि त्यसको सिको गरेर सबैलाई सम्मानका साथमा हेरिने बताउनु भयो ।
अहिले पनि युवाहरु अधिकाँश लागुऔषधमा लागेको विषयले सबैलाई चिन्तित गरेको र आफना बालबालिकाहरुको उचित रुपमा रेखदेख र विचार गर्नुपर्ने जिकिर गर्नु भयो । वेदकोट नगरपालिका १० का कार्यवाहक वार्ड अध्यक्ष चन्द्रकान्त भट्टले आफनो वार्डमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिदिनु भउको मा गैर सरकारीसंस्था र पालिकालार्य धन्यवाद व्यक्त गर्नु भयो ।
साथै उहाँले महिला लक्षित विभिन्न आयमुलक कार्यक्रमहरु संचालन गर्ने सिप सिकाएर उनिहरुलाई सक्षम बनाएर आत्म निर्भर बनाउने योजना रहेको बताउनु भयो । यसैगरी, श्री नवदुर्गा आधारभुत विद्यालयका शिक्षक शिद्धराज भट्टले आज को कार्यक्रम विद्यार्थीहरुका लागी लाभदायीक र फदाय िरहेको बताउनु साथे आफनो विद्यार्थीहरुलाई समावेश गरेर कार्यक्रम गराएको प्रती आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो ।
स्विट नेपाल संस्थाका कार्यक्रम अधिकृत मिना आउजीले पालिकमा ४ वडामा यो कार्यक्रम गरिने बताउनु भयो । अहिले पालिकाको वडा नम्वर ३, ४, ५ र १० मा कार्यक्रम संचालनमा रहेको र वार्ड नम्वर १० मा अन्तिम कार्यक्रम रहेको बताउनु भयो । अवस्थामा यो कार्यक्रमहरु अहिले संचालन गरिने जानकारी दिनु भयो ।
अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।
Comments are closed.