लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य विषयमा साथी संस्थाद्वारा छलफल

महेन्द्रनगर । कञ्चनपुरमा रहेको साथी संस्थाले सरोकारवाला निकाय संग छलफल गरेको छ । सशक्त महिला समृद्द नेपाल कार्यक्रम अन्तरगत रहेर जिल्लामा रहेका सरोकारवाला निकायका प्रतिनीधीहरु संग रहेर छलफल तथा अन्तरक्रिया गरेको साथी संस्थाका जिल्ला कार्यक्रम संयोजक उर्मिला शाहीले जानकारी दिनु भयो ।

लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियानको अवसरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य गर्न स्थानीय तहमा भएका नितिगत व्यबस्था के कस्तो रहेको छ भन्ने विषयमा रहेर कार्यक्रम गरिएको उहाँले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियानमा मात्र सिमित नरहेर अन्य दिनहरुमा पनि हिँसा नहुन दिनको लागी काम गर्नु पर्ने बताउनु भयो ।

पालिकाले लैङ्गिक हिंसा निवारण गर्न कोषको स्थापना नै गरेर काम गरिरहेको बताउँदै, आगामी दिनमा पनि अझै बढी बजेटको व्यवस्था गरेर काम गर्ने बताउनु भयो । अहिले शिक्षितहरुले पनि हिँसा गरेका घटनाहरु बाहिर आउँदे गर्दा हाम्रो समाज कता तर्फ गईरहेको छ भन्ने विषयमा पनि छलफल गर्न आवस्यक रहेको बताउनु भयो ।

साथी संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक पार्वती भण्डारीले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य के के छन ? अब के के गर्नु पर्ला ? भनेर यो. छलफलको आयोजना गरिएको बताउनु भयो ।

पालिका स्तरमा नितिगत व्यवस्थाको अवस्था कस्तो रहेको छ ? यसलाई अझै बलियो मजबुत बनाउनका लागी कार्यान्वय पक्षलाई प्रभावकारी बनाउनका लागी के गरिनु पर्ला भनेर उहाँहरु संग छलफल गरिउको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.