वेदकोट २ मा लागुऔषध विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिका २ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बिहिवार लागुऔषध दुव्र्यशन विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

“हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथमा पालिकाले १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गरीरहेकोे छ । वेदकोट नगरपालिकाको वडा नम्वर २ कार्यालयको प्राङगणमा आमा समुह, महिलाहरुको समुहमा आवद्ध सदस्यहरु, वृद्धआमा बुवाहरु विद्यार्थीहरु जनप्रतिनिधीहरुका माझमा विभिन्न जानकारी मुलक विषयमा छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रहनुभएका वेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेशबहादुर सिंहले आाम जनतासामु यो जनचेतना मुलक कार्यक्रमको आयोजना गर्नु भएको मा नगरपालिका, लगायतको टिमलाई धन्यवाद व्यक्त गर्नु भयो ।

अहिले पनि समुदायमा समाजमा हिँसाहरु रहिरहेको अवस्थामा विभेद नगरीकन आफनो परिवार समुदायमा बस्न सकिन्छ एक अर्कालाई सम्मानकोे साथमा हेर्ने सम्मानजनक उपश्थिती गराएर तेस्रो लिङगीलाई पनि सम्मान जनक रुपले हेरिनु पर्ने बताउनु भयो ।

अहिले देखी नै राम्रा कामहरु सकारात्मक कामहरु गर्दै जाने,हिँसा नगर्ने पिडा नदिने, शान्ती निर्माणमा अहम भुमिका खेल्नु पर्ने बताउनु भयो । महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापाले लागुऔषधले अहिले पुरै देश आक्रान्त भईरहेको बताउँदै, आफना बालबालिकाहरुलाई विषेश ध्यान दिन आवस्यक रहेको बताउनु भयो ।

आफनो परिवारमा रहेका सदस्हरुले सबैलाई माया गर्ने सम्मान गर्ने राम्रो व्यवहार गर्ने बानी रह्यो भने अन्य छिमेकीले पनि त्यसको सिको गरेर सबैलाई सम्मानका साथमा हेरिने बताउनु भयो । अहिले पनि युवाहरु अधिकाँश लागुऔषधमा लागेको विषयले सबैलाई चिन्तित गरेको र आफना बालबालिकाहरुको उचित रुपमा रेखदेख र विचार गर्नुपर्ने जिकिर गर्नु भयो ।

अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।

सम्बन्धित

Comments are closed.