स्वीट नेपालले चार जिल्लामा मनायो भ्रष्टाचार बिरुद्धको दिवश

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरले भ्रष्टाचार विरुद्धको दिवस तिन जिल्लामा विभिन्न कार्यक्रम गरी मनाएको छ । कञ्चनपुर, कैलाली, डडेल्धुरा र बझाङमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीहरु संग बक्ततृत्व कला प्रतियोगिता र अन्तरक्रिया तथा अभिमुखिकरणको आयोजना गरेको हो ।

युएनडिपी⁄एटुजेको आर्थिक सहयोगमा संचालित संस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्धि परियोजना अन्र्तगत सोमवार संस्थाले बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको समन्वय तथा सहकार्यमा बिभिन्न जिल्लाहरुमा कार्यक्रमको आयोजना गरेको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिकाको भुवनेश्वरी उच्च माध्यमिकको प्राङगणमा नगरपालिका स्तरिय भष्टाचार नियन्त्रणका लागी बिद्यार्थीको भुमीका बिषयक बक्तत्वकला प्रतियोगिता सम्पन्न भएको स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले जानकारी दिनु भयो ।

नगरपालिकाका १२ वडा बिद्यालयका बिद्यार्थीहरुले यो प्रतियोगितामा भाग लिएका थिए । उक्त प्रतियोगिताको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा र वेदकोट नगरपालिका नगरउपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य र नगरपालिका उपसचिव पदमराज भट्टको.बिशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा प्रथम हुने भुवनेश्वरी उमाविका भुवनेश्वर प्रसाद पन्त,द्धितिय हुनेमा अरनिको बोडिग स्कुलका सपना धानुक,तृतिय हुनेमा वाल संसार ईगलिस बोर्डिङ स्कुलका आरती बोहरा र सान्तवना पुरुस्कार पाउनेमा उदेयदेव मावि वेदकोटका सन्तोष पन्तले पाएका थिए ।

भने उनीहरुलाई सम्मान पत्र सहित सबै सहभागी बिद्यार्थीहरु लाई कापी समेत दिईएको थियो । त्यसैगरी कैलालीको गोदावरी नगरपालिकाको वडा न ५ मा रहेको सरस्वती उमाविका ९ देखि १२ सम्मका ७० जना बिद्यार्थी र शिक्षकहरु लाई समेत भष्टाचार न्युनीकरणका गर्नका लागी उनीहरुको भुमीका बिषयमा अन्र्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम सस्थाका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा र गोदावरी नपा वडा न ५ का वडा अध्यक्ष सुद्धिराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

त्यसैगरी बझाङ्गको जयपुथ्वी नगरपालिकाको जल्पा माध्यमिक बिद्यालयमा समेत बक्ततृत्वकला कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी डडेल्धुरा जिल्लामा पनि बक्ततृत्वकला लगायत अन्र्तक्रिया कार्यक्रमहरु सम्पन्न भएका छन । स्वीट नेपालले कञ्चनपुरले कैलाली,कञ्चनपुर,डडेल्धुरा र बझाङ्गमा हेलो मुख्यमन्त्री तथा नमस्ते मेयर कार्यक्रमको सुृदृढिकरण कार्यक्रम गर्दे आईरहेको छ ।

खासगरी यो परियोजनाले सुुसासन लाई अझै बलियो बनाउनका लागी स्थानिय निकाय संगको साझेदारीमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दे आईरहेको कुरा कार्यक्रम मेनेजर अमित सुनारले जानकारी गराएका छन ।

सम्बन्धित

Comments are closed.