साथीद्वारा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरणको बारेमा छलफल

महेन्द्रनगर । कञ्चनपुरमा रहेको साथी संस्थाले आफुले संचालन गरेको कार्यक्रमको बारेमा सरोकारवाला निकाय संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रिय जनसख्या कोषको आर्थिक सहयोगमा संचालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण ( जिबिभी २ ) को बारेमा जानकारी तथा कार्यक्रमको विषयमा छलफल गरेको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला लैङगिक हिँशा रोकाथाम तथा प्रतिकार्यमा काम गर्ने संस्थाहरु, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, जिल्ला प्रशासनका कार्यालयलगायतका पदाधिकारी संग संस्थाले गर्दै आईरहेका कार्यक्रमको जानकारी एवम समस्या चुनौतीको विषयमा जानकारी गराएको छ ।

साथी संस्थाका जिविभी कार्यक्रमका म्यानेजर पलिता थापाले अहिले सुदूरपश्चिमको सातै जिल्लामा सेफ हाउसको व्यवस्थापन गर्ने हिँशा प्रभावितहरुलाई सहयोग गर्ने, विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्ने गरेको बताउनु भयो ।

साथै उहाँले लैङगिक हिँशालाई कसरी सम्बोधन गर्ने यसलाई कसर िन्युनिकरण गर्न सकिन्छ र आर्थिक रुपमा रहेका पिडितहरुलार्य आर्थिक रुपमा शसक्त बनाउनका लागि विभिन्न सरोकारवाल निकायसंग कसरी समन्वय र सहकार्य गर्न सकिन्छ भनेर छलफलको आयोजना गरिएको जानकारी दिनु भयो ।

लैङिगक हिँशा कुनै एक क्षेत्रको मात्रै सम्बोधन गर्न सकिदैन उनिहरुको सेवा सुविधा, उपचार, औषधी र आर्थिक रुपमा पिडितलाई शसक्त बनाउनका लागी विभिन्न सेवाप्रदायक निकाय संग पिडितलाई जोडनका लागी उनिहरुको उन्नतीका लागि विभिन्न तालिममा जोडनका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

सबैले आआफनो तर्फबाट साथ र सहयोग गरेर पिडामा रहेकाहरुलाईै कसरी माथी ल्याउन सकिन्छ ? वा समुदायमा उनिहरुको पूर्नश्थापना कसरी गर्न सकिन्छ ? भन्ने बारेमा सबैले विचार गर्नका लागि सबै पक्षले सक्दो सहयोग गर्न आग्रह पनि गर्नु भयो ।

साथै स्थानिय तहले पनि यस्तो कार्यमा तदरुकताको साथमा लागेर बजेट पनि विनियोजन गर्नु पर्ने र पिडितहरुलाई साथ र सहयोग सहकार्य गरेर दिर्घकालिन रुपमा पिडितलाई पाउनु पर्ने सेवा सुविधा पायो भने दिगो रुपमा पिडितलाई सहजता हुने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.