भिमदत्तमा रहेको बालबिकास केन्द्रमा रास्वपाद्धारा विद्युत तथा खाने पानी जडान

महेन्द्रनगर । कञ्चनपुरको भिमदत्त नगरपालिका ३ राधाकृष्ण टोलमा रहेको समुदायमा सञ्चालित भिमदत्तको एकमात्र बालबिकास केन्द्रमा खानेपानी र विद्युत जडान गरिएको छ ।

राधाकृष्ण बाल विकास केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ३ नम्बर वडा समितिले बिद्युत,खानेपानी जडान तथा पंखा र पाठ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्थानिय सरकारले हालसम्म पनि बाल विकास केन्द्रमा पानी,विद्युत लगायत आधारभुत कुराको समेत जोहो गर्न नसक्दा सामाजिक दायित्व अन्तर्गत आफुहरूले उत्त कार्य गरेको रास्वपाका वडा सभापति राम बहादुर जप्रलले बताउनु भयो ।

कार्यक्रममा बोल्दै रास्वपाका नेता ज्ञानेन्द्र महताले भिमदत्त नगरपालिका क्षेत्र भित्र पनि बालविकास केन्द्र अवस्था नाजुक देख्दा दुस्ख लागेको बताउनु भयो ।

यो देशमा शिक्षा मन्त्रालय छ तर वालवालिकाहरू अहिले निशुल्क पढ्न पाउने अधिकारबाट अझै बञ्चित रहेका छन ।

भिमदत्त नगरपालिकाको केन्द्रमा त बाल बिकासको अवस्था यस्तो दैयनिय छ भने ग्रामिण क्षेत्रमा रहेका यस्ता बाल बिकास केन्द्रको अवस्था कस्तो होला भनेर सहज अनुमान गर्न सकिन्छ महताले भन्नू भयो ।

उक्त कार्यक्रममा रास्वपाका नेता पदम बिष्ट तथा फणीन्द्र जोशिको समेत सहभागिता रहेको थियो । २०६० स्थापना भएको उक्त केन्द्रमा स्थानिय विपन्न समुदायका १६ जना बालबालिका अध्ययन गर्दै आएका छन ।

बाल बिकास केन्द्रमा खानेपानी,बिद्युत तथा पंखा जडान र पाठ्य सामग्री उपलब्ध भएपछि बालबिकास शिक्षिका दुर्गा देवि शुनारले खुसि ब्यक्त गरेकि छिन ।

सो कार्यक्रम नवदुर्गा कालिका प्राविका प्रअ नर बहादुर धामिले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.