महेन्द्रनगर । अहिले सुदूरपश्चिमका अधिकाँश क्षेत्रमा भार वर्षात भई रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वेदकोट नगरपालिकालगायत अन्ष्य पालिकामा पनि वर्षात भईरहेको छ ।
देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका तराइका भू–भागहरुका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षारहिमपातको सम्भावना छ।
Comments are closed.