महेन्द्रनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) कञ्चनपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२५ जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १ सय ५२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पृष्ठपोषण, सुझाव संकलन तथा पुनर्पुष्टि गर्ने उद्धेश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि लिली कुँवरले सन् २०२५ जनवरीदेखि जुृनसम्म संकलन गरिएका १ सय ५२ ओटा घटना मध्ये तीनओटा कर्तब्य ज्यान, आठ ओटा बलात्कार, एक बलात्कार प्रयास, दुईओटा मानव वेचविखन, तिनओटा बहुविवाह, परिवारजनबाट हत्या दुई ओटा,आत्महत्या दुरुत्साहन एक, आत्महत्या एक, महिला घरेलु हिंसाका १ सय १३१ ओटा र पुरुष हिंसा आठ ओटा घटनाहरु पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडक बहादुर खत्रीका अनुसार जाहेरी दिदा हिंसा कुन प्रकारको हो, खुलाएर फाईलको ढाचाँमा अदालत पु¥याउनु प¥यो जस्ले गर्दा पिडितलाई छिटो न्यायदिन सकीयोस यस्को लागी प्रहरीमा निर्देशिका समेत बनेको छ,
साथै मानव अधिकार क्षेत्र भनेको बृहत बिषय हो, ईन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भन्दै सामाजिक सचेतना मुलक कार्यक्रम गर्दै वर्ष पुस्तकको बारेमा स्थानिय लेबलमा पनि सु–सुचित गर्नुपर्नेमा जोड दिदै आफु सहयोग कालागी सधैव प्रतिबद्ध रहेको बताउनु भयो ।
कारागार कञ्चनपुरका प्रमुख रामदत्त जोशीले पूर्पक्षका लागी थुनामा ल्याउँदा शाररीक अवस्था ठीक नभएकोले भित्रल्याउनु पूर्व उनीहरुको राम्ररी चेकजाँच हुनुप¥यो । उनीहरुको मानव अधिकार हन्न हुनु भएन साथै क्षमताभन्दा बढी कैदीबन्दी हुनाले कारागार ब्यवस्थापनमा धेरै समस्या भै रहेको दुखेसो उहाँले गर्नुभयो ।
नारी उत्थानका निर्देशक भूवन कुवंरले समाजमा हुने कुनै पनि किसिमका हिंसा तथा अपराधजन्य गतिविधिलाई रोकथाम तथा नियन्त्रणका लागि संघसंस्थाहरुले समन्वय गरि समुदाय स्तरमा सचेतना मुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
घटना संकलन गर्दा पिडककको नाम र न्यायाधिशको नामपनि राख्न नहुने सुझाव एडभोकेशी फोरम नेपालका संयोजक विर बहादुर विष्टले दिनुभयो । भिमदत्त नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुखकुन्ती लेखकले ईन्सेकले समुदाय स्तरमा कानुनी प्रशिक्षण दिनुपर्ने बताउनु भयो ।
सरोकारवाला निकायले मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वयगर्न आवश्यक भएको डब्लुएचआर का अध्यक्ष जानकी जोशीले बताउनु भयो ।
उच्च अदालत वार एशोसियेसनका अधिवक्ता उद्धवराज भट्टले इन्सेकले मानव अधिकारका सवालमा गरेको वकालत तथा पीडितको न्यायिक तथा कानूनी प्रक्रियामा गरेको सहयोग को प्रशंसा गर्दै घटनाहरु मिलापत्र गर्ने गरिएकोले पनि महिला हिसाका घटनामा बृद्धि भएको बताउनु भयो ।
साथै उहाँले लुकेका घटनाहरु कसरी बाहिर निकाली उद्धार गर्नुपर्ने र रेप केशहरुमा समयमा उजुरी नगर्ने प्रवृति ,सकभर बार्कनिङ गरि बाहिरै मिलाउन खोज्ने कारण सबै प्रमाणहरु नष्ट भएपछि आउँदा पिडितलाई न्याय दिन सकस हुने गरेको बताउनु भयो ।
ज्ञान वा सूचनाको अभावमा पीडित पक्षको न्यायमा पहुँच अभिबृद्धि हुन नसकेकोले सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने साथी संस्थाका संयोजक उर्मीला शाहीले बताउनु भयो ।
पत्रकार महासंघका अध्यक्ष शुरेस सिंह धामीले दुरदराज सम्म गएर सामाजिक क्षेत्रमा काम गरिरहेका सङ्घसंस्थाले बाहिर आउन नसकेको घटनालाई ल्याउन पहल गर्नुपर्ने बताउनु भयो ।
इन्सेकले मानव अधिकारको क्षेत्रमा काम गर्ने भएकाले राज्यलाई मानव अधिकारका विषयमा उत्तरदायी बनाउन मानव अधिकार हननका विषयहरूलाई उठान गरी सरकारलाई सचेत गराउन स्थानीय तहरूमा पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने
साथै हिंसाजन्य ज्यादतिका घटनाहरु रोकथाम तथा नियन्त्रणका लागि अभियान चलाउन पर्ने कुरामा जोड दिनु दिदै । यस्ता घटनाको न्यूनीकरणमा सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्नेमा सहभागीहरुले जोड दिनुभयो ।
Comments are closed.