महेन्द्रनगर । कञ्चनपुरका पत्रकारहरुले पत्रकार महासंघ कञ्चनपुर शाखाले स्थापना गरेको अक्षयकोषमा ४० हजार सहयोग गरेका छन् ।
सोमबार स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना भएको स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको भत्ताबाफतको रकम अक्षयकोषमा जम्मा गरिएको छ ।
स्वास्थ्य निर्देशनालयले प्रदेशस्थित विभिन्न स्वास्थ्य संस्थाबाट प्रदान भईरहेको सेवा पवद्र्धनका लागि महेन्द्रनगरमा कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा पत्रकारलाई दिईएको भत्ताको रकम महासंघको सहजीकरणमा अक्षयकोषमा जम्मा गरिएको हो ।
पत्रकार महासंघ कञ्चनपुरका शाखाका अध्यक्ष सरेश सिंह धामीले पत्रकारको हकहितका लागि अक्षयकोष स्थापना गरिएको बताए ।
उनका अनुसार महासंघले पत्रकारलाई उपचार लगायत आस्कमीक आईपर्ने समस्यामा आर्थिक सहयोग गर्न अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषमा स्थापनाका लागि सहयोग गर्न उनले विभिन्न निकायसँग आग्रह समेत गरे । साथै सोमबार बसेको महासंघको कार्यसमितिको बैठकले अक्षयकोषमा रकम सहयोग गरेकोमा जिल्लास्थित पत्रकारहरुलाई धन्यवाद समेत दिएको छ ।
त्यस्तै बैठकले जिल्लाका नौ वटै स्थानीय तहमा पालिका संयोजकको जिम्मेवारी पनि तोकेको छ ।
Comments are closed.