भीमदत्त २ मा न्याय सम्बन्धी सरोकारवालाहरु संग एक दिवसीय अन्तरक्रिया तथा रेडियो सम्वाद कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ मा वडा स्तरीय न्याय सम्बन्धी सरोकारवालाहरु संग एक दिवसीय अन्तरक्रिया तथा रेडियो सम्वाद कार्यक्रम सम्पन्न गरीएको छ ।

सामुदायिक रेडियो शुक्लाफाँटा एफएम ९९.४ मेघाहर्जको आयोजनामा र भीमदत्त नगरपालिका वडा नम्वर २ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले वेदकोट नगरपालिकाले न्यायको क्षेत्रमा गर्दै आएका राम्रा अभ्यासहरुको विषयमा आफनो अनुभव आदानप्रदान गर्नुभयो ।

वेदकोट नगरपालिकाले न्यायको पक्षमा रहेर वडामा के कसरी काम गरीरहेको छ ? के कस्ता समस्या चुनौती रहेका छन ? भन्ने विषयमा जानकारी प्रदान गर्नु भएको थियो ।

अहिले वेदकोट नगरपालिकाले अधिकाँश विवादहरु वडामा नै समाधान खोज्ने गरेको जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालतमा विवाद, झैझगडाहरु नगएर वडामा रहेका मेलमिलाप केन्द्रले हेर्न मिल्ने सबैको समाधान वडामा नै हुने गरेको बताउनु भयो ।

साथै उहाँले वेदकोट नगरपालिकाले भलमन्सा बडघरको क्षेत्रमा पनि राम्रो काम गरेको बताउनु भयो । थारु समुदायमा भलमन्सा र बडघरको आफनै महत्व रहेको बताउँदै उहाँहरुको पनि ऐन कानुन निर्माणगरी अहिले वैधानिक रुपमा प्रमाणपत्र प्रदान गरेर काम गरीरहेको बताउनु भयो ।

विग्रीएकाको सम्बन्धलाई अझै मिठो सम्बन्ध निर्माण गरेर जितजितको अवधारणामा काम गरीरहेको बताउनु भयो ।अहिले पालिको १० वटै वडामा मेलमिलाप केन्द्रको निर्माण गरी, गत वर्ष १ सय १९ विवाद समाधान गरेको र अहिले ९३ वटा विवाद समाधान भएको र १५ वटा विवादलाई न्यायीक समितिले निरुपण गरेको बताउनु भयो ।

प्रशिक्षक अधिवक्ता धर्मानन्द जोशीले कानुन ऐनमा के छ ? स्थानिय संचालन ऐन कानुन, अधिकार मेलमिलापको काम कत्र्वय के रहेको छ ? भन्ने विषयमा जानकारी प्रदान गर्नु भएको थियो ।

साथै उहाँले, राज्यको संरचना स्थानीय सरकारको अवधारणा, स्थानीय तहको काम कर्तव्य र अधिकार, मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था र प्रावधान, मेलमिलापबाट मुद्दाको समाधान बारेमा

वडा अध्यक्ष उत्तम प्रशाद भट्टले आफनो वडामा मेलमिलाप केन्द्रले समाधान गर्न सक्ने विवादलाई समाधान गरेको बताउनु भयो ।

वडामा आएका विवादहरुलाई यतैबाट सम्बन्ध सुधार गरेर सुमधुर सम्बन्ध बनाएर मेलमिलापकर्ताहरुले काम गररिहेको बताउनु भयो ।

 

सम्बन्धित

Comments are closed.