जेनजीको प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर,भिडियोहरू पठाउन प्रहरीको आग्रह

महेन्द्रनगर । । नेपाल प्रहरीले जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा घटेका अप्रिय घटनाहरूको तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए पठाउन आग्रह गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले आम नागरिकहरूलाई त्यस्ता तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए नेपाल पोलिस ईन्फो एडदरेड जिमेल डटकम मा पठाउन प्रहरीले आग्रह गरेको हो ।

गोपनियता गोप्य राखिने प्रहरीले जनाएको छ । गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।

जेनजीहरुको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो भने देशले ठुलो जनधनको क्षति व्यहोर्नुपर्‍यो ।

सम्बन्धित

Comments are closed.