शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष पिडितहरुलाई त्रिपाल म्याट, झुलहरु वितरण

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष पिडितहरुलाई त्रिपाल म्याट, झुलहरु वितरण गरीएको छ । कृष्णपुर नगरपालिकाले उनिहरुलाई उक्त सामग्रीहरु वितरण गरेको हो ।विहिवार वन कार्यालयको अगाडी बसेका उनिहरुले एक कार्यक्रमको आयोजना गर्दै कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले उक्त सामग्रीहरु वितरण गर्नु भएको छ ।

करिब १ सय बढी परिवारहरु पालमुनी बस्न बाध्य भएका छन् । चिशोमा बस्नका लागी समस्या भइरहेको बेलामा यो सहयोगले निकै राहत मिलेको आरक्ष पिडितहरुले बताएका छन् ।

विगत २ महिनादेखी उनिहरु जडिबुटी कम्पनीले भाँडामा लिएको जग्गामा बसी रहेको भएपनि कसैले आफुहरुको पिडा नबुझेको र कृष्णपुर नगरपालिकाले यो चिशोमा समस्या बुझेर गरेको सहयोगले सहजता हुने उनिहरुले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख ओझाले आज भन्दा २ महिना पहिले कार्यपालिका वैठकबाट निर्णय गरेर यो सहयोग कार्यक्रम संचालन गरीएको बताउनु भयो ।

सरकार संग आफनो माग राखेर दुखमा बसेकाहरुलाई यो चिशोमा केही राहत होस भनेर यो व्यवस्थापन गरीएको र विगतदेखी कृष्णपुर नगरपालिका सदैव आरक्ष पिडितहरुसंग रहेको बताउनु भयो ।

आफुले उहाँहरुको माग सम्बोधन गर्नका लागी विगतदेखी आफुले साथ र सहयोग गरेको भएपनि सरकार परिवर्तन भएपनि माग सम्बोधन नभएकोमा आफु दुखी भएको बताए ।

राज्यको नैतिक दायित्व भित्र पर्ने भएकाले उहाँहरुको मागलाई यथासिघ्र सम्बोधन गरीदन आग्रह गर्नु भयो । आफनो नगरपालिका आरक्ष पिडित संग नजोडिएको भएपनि सबैको पिडा मर्मलाई बुझेर आफु पनि उहाँहरुको साथमा रहेको भएपनि सारा जंगल काटेर व्यवस्थापन गर्नुपर्छ भनेर आफुले नभन्ने र माग अनुसारको व्यवस्थापन हुनु पर्ने बताउनु भयो ।

आफना कर्मचारीहरुलाइ आरक्ष पिडितहरुको माग अनुसार सामग्रीहरु खरिद गर्न भनेपछि पिडितहरुलाई नै लगेर सामग्रीहरु खरिद गरी त्रिपाल, म्याट, झुलहरु ल्याएर दिएको बताउनु भयो ।

आरक्ष पिडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले कृष्णपुर नगरपालिकाले गरेको यो सहयोग प्रती हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । आफनो पिडामा यो सहयोगले निकै सहजता हुने र विगतमा पनि पालिकाले साथ र सहयोग दिएको बताउनु भयो ।

२०५८ साल देखी शुक्लाफाटा आरक्ष राष्ट्रिय निकुञ्ज कञ्चनपुर अन्दुतिका पिडित सङ्ख्या २ हजार ४ सय ७३ परिवारलाई बसोबासको लागि सट्टाभर्ना बाट पाउने जग्गा उपलब्ध नहुदा भुमिहीन भएर बस्नु परेको उल्लेख गर्नुभयो ।

यी पिडित परिवार आरक्षबाटै पिडीत भएका हुन, पाउनु पर्ने जग्गा नपाउदाको अवस्थामा शिक्षा रोजगार स्वास्थ्य बाट बञ्चित भई नेपालका नागरीक होइनन भन्ने आभास हुन गएको अवस्था रहेको उनले बताए ।

सम्बन्धित

Comments are closed.