बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

महेन्द्रनगर । बैतडीमा बसको ढोकबाट खसेर एकजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु।प।प्र।०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ बर्षीय पदमराज भट्टको मृत्यु भएको हो ।

दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भिर घाइते भएका थिए ।

भट्टलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको सजल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

मृतकको शव अस्पतालमै राखिएको छ । भट्टको टाउकोमा गम्भिर चोट लागेको थियो । बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.