पश्चिमी वायुको आंशिक प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना
महेन्द्रनगर। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका केही ठाउँमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
दिउँसो तराईका केही ठाउँमा हुस्सु लाग्नेछ । हिमाली भेगमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँमा तथा बाँकी पहाडी र हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति तराईका केही ठाउँमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तराईका केही ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भभागका एकरदुई ठाउँमा हल्का र वर्षा हिमपातको सम्भावना रहेकाले यातायातका साधन सञ्चालन, कृषिकर्मलगायत अन्य दैनिक गतिविधिमा संग्लन सर्वसाधारण तथा सरोकार भएका सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
Comments are closed.