महेन्द्रनगर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिसैया कञ्चनपुरको आयोजनामा एक दिने बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । संस्थाले ६५ जना सदस्यहरुलाइृ उनिहरको आयआर्जन वृद्धि गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्य शान्ती मल्ल रहनु भएको थियो भने, प्रमुख अतिथीमा वेदकोट नगरपालिका ६ का वडा अध्यक्ष तुलसी राना रहनु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी रानाले बाख्रा पालन ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमले कृषकहरुलाई आत्मनिर्भर बनाउन ठूलो टेवा पुग्ने बताउनु भयो ।

उहाँले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्दै व्यवसायिक रुपमा बाख्रा पालन गर्न प्रेरित गर्नुभयो । साथै यो तालिमबाट सिकेका सिपलाइ आफनो व्यवहारमा लागुगरी आम्दानीमुखी बन्न पर्नेमा जोड दिनु भयो ।
अनुसार, आधुनिक प्रविधि र व्यवस्थापन अपनाएर बाख्रा पालन गर्दा राम्रो आम्दानी लिन सकिने भएकाले महिलाहरुले पनि यसतर्फ आकर्षित हुनुपर्ने बताउनु भयो । साथै, यस्ता तालिमलाई निरन्तरता दिन आवश्यक रहेको र सम्बन्धित निकायहरुले कृषकलाई थप सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
यसैगरी, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कञ्चनपुर, कैलाली, र बर्दियाका अनुगमन अधिकृत कविन्द्र शाहीले सदस्यहरको आम्दानीमा केही टेवा पुय्राउने उदेश्यले संस्थासंग आवद्ध रहेका दिदिबहिनीहरुलाइ यो एक दिन बाख्रापालन तालिमको आयोजना गरीएको बताउनु भयो ।
यो संगै प्रत्येक शाखामा तरकारी बाख्राको तालिमको आयोजना गर्दै आईरहेको र उहाँहरुलाई आर्थिक रुपमा केही शसक्त बनाउने उदेश्य पनि रहेको बताउनु भयो ।
तालिममा सहभागिता जनाउनु भएकी सदस्य गोमती टमटाले यो तालिमबाट बाख्रा पालनको महत्व, उन्नत जात छनोट, उचित आहार व्यवस्थापन, खोर निर्माण, सरसफाइ तथा विभिन्न रोगको पहिचान र उपचारका विषयमा जानकारी पाएको बताउनु भयो ।
साथे उहााले आफुले सिकेका सिपलाई अन्य सदस्यहरुलाई पनि जानकारी दिने र अब व्यवसायीक रुपमा बाख्रा पालन गरेर देखाउने बताउनु भयो ।
अर्की सहभागी शान्ती चन्दले यो तालिम अत्यन्तै लाभदायीक रहेका र केही नविनतम ज्ञान मिलेको बताउनु भयो । कार्यक्रममा कृषि प्राविधिकहरुले सहजीकरण गर्दै व्यावहारिक ज्ञानसहित प्रशिक्षण दिएका थिए ।
संस्थाका प्रतिनिधिहरुले यस्ता सीपमूलक तालिमले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्न तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने बताएका छन्।
साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
Comments are closed.