सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखि बजेट अधिवेशन सुरु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आगामी बिहीबारबाट सुरु हुने भएको छ। प्रदेश प्रमुख नजिर मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।

शनिबार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गरी अधिवेशन बोलाउन सिफारिस पत्र बुझाएका थिए।

सोही सिफारिसका आधारमा वैशाख १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्ने तय गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए।

संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।

यसअघि गत चैत २९ गते राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको विधेयक अधिवेशन अन्त्य गरिएको थियो।

सम्बन्धित

Comments are closed.