महेन्द्रनगर । सामाजिक संस्था पेसवानले कञ्चनपुरमा संचारकर्मीहरु अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। । अष्टिलियन एडको आसर्थक सहयोग तथा प्लान ईन्टरनेसनल नेपाल र पेसवानको साझेदारीमा संचालित ‘उत्थानशिल भविष्य ः नेपालमा बाल विवाहको अन्त्य परियोजना’ मा रहेर बाल विवाह अन्त्यका लागि जिल्लामा रहेका संचारकर्मीहरु संग उक्त कार्यक्र सम्पन्न भएको हो ।

बालविवाह, बालदुर्व्यवहार तथा बालहिंसा जस्ता बालअधिकारसँग सम्बन्धित विषयमा सञ्चारमाध्यमको भूमिका, जिम्मेवारी तथा प्रभावकारी सञ्चारका विषयमा पत्रकारहरूलाई अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा कञ्चनपुर जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ४० जना संचारकर्मीहहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा समुदायमा विद्यमान बालविवाह, बालदुर्व्यवहार, बालहिंसा तथा बालअधिकार उल्लङ्घनका घटनाहरूलाई सञ्चारमाध्यमले कसरी प्राथमिकताका साथ उठान गर्ने,यस्ता विषयमा तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता कसरी गर्ने तथा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउन सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको संस्थाका परियोजना संयोजक लक्ष्मण विष्टले जानकारी दिनुभयो ।
उहाँले बालविवाह न्यूनीकरण तथा बालबालिकाको संरक्षण र अधिकार सुनिश्चित गर्न स्थानीय तह, समुदाय, अभिभावक, विद्यालय, युवा तथा विभिन्न सरोकारवालासँग सहकार्य गर्दै सञ्चारमाध्यमबाट निरन्तर रूपमा सकारात्मक तथा प्रभावकारी सन्देश प्रवाह गरिने बताउनु भयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले बालविवाह, बालदुर्व्यवहार र बालहिंसाजस्ता संवेदनशील विषयलाई आफ्नो–आफ्नो सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ उठान गर्ने, समुदायमा सचेतना अभिवृद्धि गर्ने तथा बालअधिकार संरक्षणका लागि आ(आफ्नो क्षेत्रबाट जिम्मेवार र प्रभावकारी रूपमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अभिमुखीकरणले कञ्चनपुर जिल्लामा बालविवाह तथा बालहिंसा न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका थप सशक्त बनाउन तथा समुदायमा बालअधिकारसम्बन्धी सचेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
Comments are closed.