महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा समाज विकास नेपाल नीड्स नेपालले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नीड्स नेपालले बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति नीड्स नेपालले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले नीड्स नेपालको केन्द्रीय कार्यालय तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट रकम संकलन गरेका हुन्।
नीड्स नेपालले विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोगमा जुट्न सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज तथा सामाजिक संघसंस्थाहरूलाई समेत अपिल गरेको छ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बाढी प्रभावित क्षेत्रमामा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालनको तयारी भईरहेको पनि बताए ।
निड्स नेपालले सुदूरपश्चिमको सामाजिक रुपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण काम गर्दैन आएको छ ।
Comments are closed.