महेन्द्रनगर । छठ पर्व भन्ने बित्तिकै मधेशी समुदाय, मिथिला समुदायले मात्रै मनाउने पर्व हो भन्ने मानसिकता रहेको भएपनि कञ्चनपुरमा पहिलो पटक अन्य समुदाय, पहाडी समुदायले पनि छठ पर्वलाई हर्षौल्लासका साथमा मनाएका छन् । छठ पर्वलाई मधेशी समुदायले मात्रै मनाउने गर्छन भन्ने धारणा रहेको भएपनि कञ्चनपुृरमा भने पहिलो पटक पहाडी समुदायले पनि यस्मा भाग लिएका छन् ।
भीमदत्त नगरपालिका १८ की प्रमिला जैरुले यो वर्षको छठ पर्वलाई हर्षोल्लासको साथमा मनाउनु भएको छ । छठ पुजाको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन रहेको र छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिने यसको महत्वपूर्ण पक्ष रहेको भएर आफुले पनि यो वर्ष छठ पुजा गरेको बताउनु भयो । विगतको दिनमा आफनो मनमा छठी माताको पुजा गर्न पाए हुने भन्ने ईच्छा रहेको र यो वर्ष उक्त ईच्छा पुरा भएको उहाँले बताउनु भयो ।
उहाँले यो देशमा रहनु हुने सबैको कल्याण सुृख शान्तीको लागी आफनो परिवारको सुख शान्तीको लागी यो छठ पर्वको पुजा गरेको बताउनु भयो । आईतवार अस्ताउँदै गरेको सुर्यलाई अघ्र्य दिइ र सोमवार उदाउँदो सूर्यलाई अघ्र्य दिई आफले उक्त पर्व मनाएको जैरुले बताउनु भयो ।
अगुवा रामसोगारथ ठाकुरले धनी, गरिब, सबै जातजाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिने भएकाले यो पर्वको आफनै मौलिकतथा रहेको बताउनु भयो । कञ्चनपुरमा पहिलो पटक पहाडी समुदायले पनि भाईचारा देखाएर हाम्रो परम्परा अनुसार छठ पर्वको पुजा गरेकोमा आफुहरु पनि हर्षित भएको उहाँले बताउनु भयो ।
अमूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
व्रतालुहरुले ऐठपुरमा रहेको नहरमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका छन ।
अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेकोसूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिने उहाँले बताउनु भयो ।
अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु रहेको उहाँको भनाई रहेको छ ।
Comments are closed.