श्री अमर गोकुल सामुदायिक बनको १९ औं बार्षिक साधारणसभा तथा सार्वजनिक सुनवाइ सम्पन्न

धनबहादुर बिक

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा छलफल गर्दै वनको दिगो संरक्षणमा उपभोक्ताको भूमिका र जिम्मेवारीबारे जोड दिइएको थियो।आईतवार पुनर्वास नगरपालिका ११ अमरबस्ति स्थित बनको कार्यालय प्राङ्गणमा उक्त कार्यक्रम को आयोजना गरिएको थियो ।


सामुदायिक वनको संरक्षण, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिँदै श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूह पुनर्वास–११ को १९औँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वन संरक्षणको विगत, वर्तमान अवस्था, उपलब्धि तथा भावी योजनाबारे समीक्षा गरिएको थियो।

बनका अध्यक्ष मानबहादुर थापा को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि साविक बाईसिबिचवा गाबिस पुर्व अध्यक्ष भक्त बहादुर अधिकारी रहनुभएको थियो ।
कार्यक्रम को प्रमुख आतिथ्य बाट आफ्नो भनाइ राख्दै अधिकारीले तत्कालीन समयमा सामुदायिक वन स्थापना गर्ने क्रममा भोग्नुपरेका विभिन्न समस्या, चुनौती तथा कठिनाइबारे चर्चा गर्नुभयो। उहाँले सामुदायिक वन स्थापना हुनुअघि स्थानीय बासिन्दाले वन विनाश, वन पैदावारको अभाव तथा दैनिक जीवनयापनका क्रममा भोग्नुपरेका समस्यालाई स्मरण गर्दै सामुदायिक वनको स्थापना र संरक्षणका लागि स्थानीय समुदायले गरेको संघर्ष र योगदानको चर्चा गर्नुभयो। साथै, सामुदायिक वनले स्थानीय समुदायको जीवनस्तर सुधार गर्नुका साथै वन संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
बिशिस्ट अतिथि कुण्डा सब डिभिजन बन कार्यालय का रेञ्जर मिथुन चौधरीले सामुदायिक वनको अवधारणा र यसको महत्त्वबारे आफ्नो धारणा राख्दै वन संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले सामुदायिक वनले वन तथा जैविक विविधताको संरक्षण गर्नुका साथै स्थानीय समुदायको जीविकोपार्जन, वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।
सार्वजनिक सुनवाइ समेत रहेको साधारणसभा कार्यक्रम का अवसरमा बन उपभोक्ता तथा स्थानीयवासी ले उठाएका सवाल संग सम्बन्धित बिषयमा बनका अध्यक्ष मानबहादुर थापाले स्पष्ट पारेका थिए ।
उनले बनको जिम्मेवारी बहन गर्दै गर्दा चुनौती र सम्भावना लाई आत्मसाथ गर्दै बनको संरक्षणमा सबैले हातेमालो गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा अध्यक्ष थापालेहरियो बन नेपाल को धन , रूख रोपौ बन जोगाऔ भन्ने मुल नारा का साथ बनको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समूहको ऐतिहासिक पृष्ठभूमिअनुसार विगतमा वनजंगलमा बढ्दै गएको अतिक्रमण, चोरी–तस्करी तथा अव्यवस्थित दोहनका कारण वन विनाशको जोखिम बढ्दै गएपछि स्थानीय बुद्धिजीवी, समाजसेवी तथा वनप्रेमीहरूको पहलमा सामुदायिक वन गठन गरिएको थियो।
तत्कालीन बाइसेबिचुवा गाविसका अध्यक्ष भक्तबहादुर अधिकारीको पहलमा २०५५ सालमा स्थानीय गाउँटोलका बासिन्दाको भेला गरी तत्कालीन जिल्ला वन कार्यालय कञ्चनपुरको सहयोगमा श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूह गठन गरिएको थियो। २०५८ साल मंसिर २४ गते विधिवत् दर्ता भई सुरुवाती चरणमा १६।८१ हेक्टर क्षेत्रफलबाट सामुदायिक वन संरक्षणको अभियान सुरु गरिएको थियो। पाँचवर्षे कार्ययोजना निर्माण गरी २०६६ साल कात्तिक २९ गते कार्ययोजना हस्तान्तरण गरिएको दस्तावेजमा उल्लेख छ।
समयक्रमसँगै उपभोक्ताको संख्या वृद्धि, जनसंख्याको चाप तथा बसाइँसराइका कारण वनमाथि परेको आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनसमेत समेटेर क्षेत्रफल विस्तार गरिएको थियो। तत्कालीन जिल्ला वन कार्यालय कञ्चनपुरबाट थप वन क्षेत्र स्वीकृत भएसँगै यसको क्षेत्रफल १९४।३८ हेक्टर पुगेको थियो।
त्यसैगरी, २०७४ सालमा वैज्ञानिक वन व्यवस्थापन अवधारणा आएपछि समूह र उपभोक्ताबीच छलफल तथा समन्वय गरी वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्ययोजना लागू गरिएको थियो। वैज्ञानिक वन सर्वेक्षणका क्रममा थप ३१।५२ हेक्टर क्षेत्रफल समेटिएपछि हाल सामुदायिक वनको कुल क्षेत्रफल २२५।९० हेक्टर पुगेको समूहको अभिलेखमा उल्लेख छ।
वनजंगलको संरक्षण, जैविक विविधताको प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम तथा प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने उद्देश्यसहित अघि बढेको समूहले सामुदायिक वन संरक्षणमा स्थानीय उपभोक्ताको सक्रिय सहभागितालाई महत्त्व दिँदै आएको अध्यक्ष थापाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका थिए ।
सो अवसरमा बन संरक्षणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने कार्यक्रम का प्रमुख अतिथि भक्तबहादुर अधिकारी सहित अन्य चार जनालाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बन संरक्षण बिषयमा चौधरी गित तथा सखिया नाच प्रस्तुत गरिएको थियो भने बन संरक्षण सम्बन्धि सुदूरपश्चिम को देउडा नाच समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संस्था कि कोषाध्यक्ष विफनि चौधरीले आर्थिक बर्ष ०८२र०८३ को कुल ३२ लाख ९४ हजार ६१८ रूपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकि थिईन , सचिव सोम बानियाँले आगामि आर्थिक बर्षको अनुमानित ५५ लाख बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
संस्था कि उपाध्यक्ष उपाध्यक्ष उत्तरा धामि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचिव सोम बानियाले गरेका थिए ।

सम्बन्धित

Comments are closed.