महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ स्थित उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाले चौथो पटक चौथो पटक उत्कृष्ठ करदाता सम्मान पाएको छ ।राजश्व कार्यालय महेन्द्रनगरले सोमबार आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा बढी कर दाखिला गरी राजश्व संकलनमा पुगाएको योगदानका लागि सम्मान प्रदान गरेको हो । उदयदेब सहकारी यो सहित सम्मानित भएको यो चौथो पटक हो ।

गत वर्षदेखि सहकारीले लगातार सम्मान पाएको छ । त्यस अघि दुई पटक सम्मान पाएको थियो । आन्तरिक राजश्व कार्यालयमा गरिएको कार्यक्रममा सहकारीका उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट र प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सम्मान पत्र ग्रहण गरे ।
आन्तरिक राजश्व कार्यालयका ३३ हजार करदातामध्ये सबैभन्दा बढी कर दाखिला गरी सहकारीलाई सम्मान गरिएको छ । सम्मानपछि सहकारीका उपाध्यक्ष भट्टले सहकारीलाई सम्मान हुन आफूहरुको लागि गौरबको विषय भएको बताए । सुदूरपश्चिम प्रदेशका सबैभन्दा ठूलो सहकारीभित्र उदयदेय सहकारीले आफ्नो पहिचान बनाएको छ । सहकारीमा हाल २७ हजार शेयर सदस्य छन् ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका चौथो पटक सम्मानित हुन पाउँदा खुसी भएको बताए । ‘यो सम्मान र उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र होइन, हाम्रा सम्पूर्ण २७ हजारभन्दा बढी शेयर सदस्यहरूको साझा गौरव र उपलब्धि हो ।
यसको सम्पूर्ण श्रेय हाम्रा आदरणीय सदस्यहरू, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूमा जान्छ’ उनले भने । आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्म कुमार भुसाल, प्रमुख जिल्ला अधिकारी मदन कोइराला र प्रमुख कर अधिकृत हरि आचार्य लगायतका सरकारी अधिकारी, उद्यमी व्यवसायी कार्यक्रममा सहभागी भएका छन् ।
Comments are closed.