सुदुरपश्चिम महोत्सव आइतबार देखि सुरु
महोत्सवको उद्धघाटन नेकपाका सुदुरपश्चिम इन्चार्ज भिम रावलले गर्ने
सुदुरपश्चिम महोत्सव आइतबार देखि सुरु भएको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक कैलाली उद्योग बाणिज्य संघले महोत्सवको तयारी पुरा भएको बताएको छ । ‘समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हुन गैरहेको महोत्सवले सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटक कला र संस्कृतिको बिकास गर्ने बिश्वास आयोजकको छ । यस बर्षको महोत्सवको उद्धघाटन नेकपाका सुदुरपश्चिम इन्चार्ज भिम रावलले गर्ने भएका छन् । महोत्सवमा बिगतका बर्ष झै यस बर्ष पनि स्थानिय कलाकार तथा स्थानिय परिकारलाई महत्व दिइने उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवरले जनाइएको छ । धनगढीको संघिय प्रहरी इकाई कार्यालयको मैदानमा आयोजना हुने महोत्सव मंसिर २२ देखि सुरु भई पुस २ गते सम्म चल्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । महोत्सवमा ३ सय वटा व्यापारिक स्टलहरु रहने छन । महोत्सवमा ३ लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले बताएको छ । मेलामा बालउद्यान, कृषिप्रर्दशनी, रमाईलो मेला सगैं प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रर्दशन रहने जनाइएको छ । महोत्सवले पर्यटन बर्ष २०२० लाई पनि सहयोग पुर्याउने आयोजकको विस्वास रहेको छ । जसका लागि कैलालीका प्रत्येक पालिकाहरुलाई आग्रह गरेको पनि उहाले बताउनुभयो । महोत्सवमा यस बर्ष कैलाली उद्योग बाणिज्य संघले प्रमुख अतिथी माझ ७ बुदे माग राख्ने भएका छन् । जस अन्तरगत गौरीफन्टा नाका हुँदै उरैभन्ज्यांग सम्मको ट्रयाक खुल्नुपर्ने, धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थलका रुपमा अगाडी बढाउनुपर्ने, महोत्सवको लागि उचित प्रदर्शनी स्थल तोकिनुपर्ने, सुक्खा बन्दरगाह, औगोगिक करिडोर लगायतका मागहरु रहेका छन् ।
Comments are closed.