पहाडी जिल्लाहरुमा तेस्रो पटक भारी हिमपात

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा यो हिउँदमा तेस्रो पटक भारी हिमपात भएको छ। बुधबार रातिदेखि बाक्लो हिउँ परिरहेको हो। डडेल्धुरा सदरमुकामसहित उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ।

डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ।  हिमपातले एक्कासी चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दैनिक श्रम र ज्यालादारीमा निर्भर मानिसहरु बढी प्रभावित भएका छन्।

हिउँ जम्‍न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ। तर, झरीसँगै हिमपात भएकोले किसानहरू भने चाहिँ खुशी भएका छन्।  हिमपातले पहाडी साता जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङको सडक अवरुद्ध भएको छ।

सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त र दशरथचन्द राजमार्गमा सवारी आवागमन रोकिएको छ। डडेल्धुराको भीमदत्त राजमार्गअन्र्तगत भर्ने सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिकाको अनारखोली बजार, गन्यापधुराको साहुँखर्क, हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण प्रमुख सडकहरु नै अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

सम्बन्धित

Comments are closed.