नेपालको शिक्षा प्रणाली बेथितीमा जाने – शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशन नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितीमा जाने बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तर्क्रिरया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताउनु भएको हो ।

मन्त्री पौडेलले इच्छा शक्ति भए सबै ठाउमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने बताउनु भयो । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवा सुविधा पाइन भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने पनि बताउनु भयो । उनले बाहिर बाट एसईई नतिजा सकारात्मक देखिए पनि भित्री पाटो बाट हेर्दा सन्तुष्ट हुने ठाउ नरहेको दाबी गर्नु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.