रूकुम पूर्वमा प्रहरीको जिप दुर्घटना, एकजनाको ज्यान गयो, ६ घाइते

रूकुम पूर्वमा प्रहरीको जिप दुर्घटना हुदा घाइते भएका प्रहरी जवानको ज्यान गएको छ । शनिबार पुथा उत्तर गंगा गाउपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडक बाट करिब ८० मिटर तल खसेको हो । त्यसमा सवार दुई जना डिएसपी सहित ६ जना घाइते भएका थिए ।

घाइते मध्ये गम्भीर अवस्थामा रहेका एक जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । ज्यान जानेमा रोल्पा घर हुने प्रहरी जवान लक्ष्मण पुन छन् । उनी सहित गाडीमा सवार रहेका ६ जनाको उपचारको लागि हेलिकप्टर मार्फत् नेपालगन्ज लगिएको थियो । जस मध्ये दुई जना प्रहरी नायब उपरीक्षक समेत छन् ।

रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डागी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते थिए । घाइतेहरूको नेपालगन्जमा रहेको कोहलपुर मेडिकल कलेजमा तीन जनाको र नर्सिङ अस्पतालमा दुई जनाको उपचार भइरहेको छ । दुर्घटनामा परी चालक तथा प्रहरी हवल्दार कुमार सिंह डागी, प्रहरी जवान सन्तोष बुढाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । दुई जना डिएसपीको अवस्था भने सामान्य नै छ । प्रहरी जवान इन्द्र घर्ती पनि घाइते रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.