डोल्पाको झुम खोलामा पहिरोले एक्स्काभेटर पुरियो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ मा पर्ने झुम खोलामा पहिरोले एक्स्काभेटर पुरेको छ । जिउ – जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिरोले पुर्दा चालकको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ रँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्र बहादुर शाहीले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.