महेन्द्रनगर । गत बुधवार महेन्द्रनगर भीमदत्त नगरपालिका १८ जानकी टोलमा बस्ने गल्ली नम्बर ५ का मलिकार्जुन सुनचाँदी पसलका संचालक उपेन्द्र शाहुको निधन भयो, व्यापार व्यावसाय तथा सामाजिक क्षेत्रमा विगत लामो समयदेखी सक्रिय रहेका प्रगतिशिल यूवा व्यापारी शाहुको निधनले एउटा कुशल, सफल व्यावसायी समाजसेवी गुमाएको महसुस सुदूरपश्चिमले गरेको छ ।
आफनो पुख्र्याैली घर दार्चुलाको शैलेशिखर नगरपालिका ९ गोकुलेश्वर गएका शाहुलाई अचानक हृदयघात भयो, परिवारका सदस्यले उपचारका लागि गोकुलेश्वरमा रहेको अस्पताल पय्राए डाक्टरले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गय्रो, तर धनगढी ल्याउँदै गर्दा ४४ वर्षको अल्पायुमा बिच बाटोमा उनले आँखा सदाको लागि बन्द गरे, शाहुको विगतको ईतिहासलाई हर्ने हो भने, उनका बाबु बाजेहरुले दार्चुला लगायत सुदूरपश्चिमका बिभिन्न क्षेत्रमा रहेर व्यापार व्यावसाय संचालन गरे, जती बेला सवारी साधनको रुपमा घोडा खच्चर भेडाहरुलाई सामान ढुवानीको रुपमा प्रयोग गर्ने गरिन्थ्यो ।
त्यो समयदेखी व्यापार व्यावसायमा दख्खल राख्ने पारिवारिक पृष्ठभुमी रहेका शाहु पनि सानै उमेरदेखी व्यापार व्यावसायको साथै सामाजिक कार्यकमा पनि पोदखत रहेका थिए । उनले पुराना ऐतिहासिक पुरातात्विक मठ मन्दिर मर्मत सम्भार गर्ने तथा मुर्तीहरुको निर्माण गरेर सामाजिक रुपमा पनि बढी सक्रियता रहेको उनका भाई ओमकार विष्टले बताए । साथी भाई माझ पनि मिलनशार सहयोगी भावना र उनको बानी व्यवहार देखेर अरुले पनि सिक्नु पर्ने रोल मोडलको रुपमा रहेको उनले बताए ।
उनको निधन पछि अहिले परिवारमा बज्रपात परेको छ । उनका ४ छोरी १ छोरा रहेका छन् परिवारमा आफनो बाबुबाजेको विरासतलाई सम्हालेर अगाढी बढेको तथा परिवारको एकमात्रै आस्रित व्यक्तीको अचानक भएको निधनले अहिले परिवारलाई ठुलो चोट परेको छ ।
Comments are closed.