नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थाल्यो

नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो ।

संक्रमित बढे सगै ६६ जना सक्रिय संक्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भारतमा संक्रमण बढि रहेको र खुला सिमा नाका कारणले नेपालमा संक्रमण भित्रिएको बताउन भयो । उनका अनुसार अहिले सबभन्दा बढी संक्रमित नेपाल भारतको कैलालीको धनगढी स्थित त्रिनगर नाका बाट प्रवेश गरि रहेका छन् ।

उनले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गरेका छन । भारतको उत्तर प्रदेशमा संक्रमण बढि रहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यका सहित सबै ठाउमा बुस्टर डोज लगाउने अभियान सञ्चालन समेत भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.