बैतडी बुडाल मृत्यु प्रकारणमा निवर्तमान वडाअध्यक्षसहित चार जना कारागार चलान

महेन्द्रनगर । बैतडीमा निवर्तमान वडाअध्यक्षसहित चार जना कारागार चलान भएका छन् । दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्या आरोप लागेका चार जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् । जिल्ला अदालत बैतडीले बुडालको हत्या आरोप लागेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

कर्तव्य ज्यान मुद्दामा न्यायधीश जयानन्द पनेरुको इजलाशले नारायणसिंह ऐरी (मृतकका भिनाजु), अर्जुनसिंह रावल, भीम सिंह ठगुन्ना र गजेन्द्रसिंह रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । गजेन्द्रसिंह रावल दशरथचन्द नगरपालिका–६ का निवर्तमान वडाध्यक्ष हुन् । उनी यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दशरथचन्द नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए । १३ फागुनमा साथी र इष्टमित्रसँग पिकनिक मनाउन गएका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए ।

राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचकको रुपमा बझाङमा कार्यरत बुडाल विदामा घर आएका बेला साथीहरुसँग पिकनिक गएका थिए । उनी चौलानी नदीमा रहस्यमयी ढंगले मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला अदालतले हत्या आरोपी १२ जनामध्ये तीन जनालाई साधारण तारिखमा छोड्ने आदेश गरेको तहसिलदार तिर्थराज आचार्यले बताए । उनका अनुसार मोहनसिंह ठगुन्ना, केशवसिंह रावल र भुवनराम लुहार तारिखमा रिहा भएका छन् ।

लुहार जिप चालक हुन् । पाँच जना आरोपी भने धरौटीमा रिहा भएका छन् । दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र तेजसिंह खत्री जनही एक लाख ५० हजार धरौटीमा रिहा भए । यस्तै, नविन सिंह ठगुन्ना र श्यामसिंह ऐरी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका छन् । फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए ।

राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन् । उनी चौलानी नदीमा मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला अदालतले हत्या आरोपी १२ जनामध्ये तीन जनालाई साधारण तारिखमा छोड्ने आदेश गरेको तहसिलदार तिर्थराज आचार्यले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.