प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न प्रधानमन्त्री आग्रह गरेको छ। बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियोसहितको समाचार सार्वजनिक भएपछि कांग्रेसले यस्तो माग गरेको हो।
बिहीबार बिहान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गरी पहिले आशंका गरिएको ठूलो रकमको अनियमिततालाई अडियोले बलियोसँग प्रमाणित गरेको भन्दै मन्त्री बाँस्कोटालाई बखास्त गरेर अनुसन्धान गर्न माग गरेको हो।
जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’
‘७० करोड कमिसन मागेको अडियो नै सार्वजनिक भैसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष छानबिन प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक आग्रह गर्दछ।’ विज्ञप्तिमा अगाडि भनिएको छ।
Comments are closed.