बंगलादेश र जिम्बाब्वेबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा बंगलादेशका ओपनर ब्याट्सम्यान लिटन दासले नयाँ इतिहास बनाएका छन् ।
विकेटकीपर ब्याटस्म्यान दासले १४३ बलमा १६ चौका र ८ छक्कासहित १७६ रनको शानदार पारी खेले । यही १७६ रनको मद्दतले दास एक दिवसीय क्रिकेटमा बंगलादेशबाट सर्वाधिक रन बनाउने कीर्तिमान कायम गर्न सफल भएका छन् ।
दासले यो उपलब्धि हासिल गर्दा तमिम इकबाललाई पछि पारेका छन् । इकबालले जिम्बाब्वेविरुद्धकै दोस्रो एक दिवसीय क्रिकेटमा १५८ रन बनाउँदै सर्वाधिक रन बनाउने बंगलादेशको पहिलो खेलाडी बनेका थिए ।
जिम्बाब्वेविरुद्ध बंगलादेशले टस जितेर पहिला ब्याटिङ गर्दै तीन विके जिम्बाब्वेले भने टको नोक्सानीमा ३२२ रन बनाएको थियो । दासले १७६ रन बनाउँदा इकबालले १२८ रनको नट आउट पारि खेलेका थिए ।
४३ ओभरमा ३२२ रनमा पानी परेर रोकिएपछि डीएल मेथडअनुसार ३४२ रनको लक्ष्य पाएको थियो । दास र इकबालले पहिलो विकेटका लागि २९२ रनको साझेदारी गरेका थिए । जुन एक दिवसीय क्रिकेटमा बंगलादेशका लागि भएको ठूलो साझेदारीको रेकर्ड पनि बनेको छ ।
पहिलो विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी ३६५ रनको रहेको छ । यो रेकर्ड वेस्टइण्डिजले आयरल्याण्डविरुद्ध कायम गरेका थियो । वेस्टइण्डिजका जोन क्याम्पबेल र साइ होपले साझेदारी गरेका थिए ।