७३ देशका झण्डै दुई लाख १९ हजारमा कोरोना भाइरस सङ्क्रमण

आठ हजार ९ सय ५२ जनाको ज्यान गयो

नेपाली कार्यरत मलेसिया र खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या दुई हजार पुगेको छ । बिहीबार बिहानसम्म यी देशमा सङ्क्रमितको सङ्ख्या दुई हजार २९ पुगेको हो । खाडीका देशको तुलनामा मलेसियामा सङ्क्रमितको सङ्ख्या धेरै छ । मलेसियामा अहिलेसम्म सात सय ९० जनामा सङ्क्रमण देखिएको छ ।

विश्वका एक सय ७३ देशका झण्डै दुई लाख १९ हजारमा सङ्क्रमण फैलिसकेको छ । आठ हजार ९ सय ५२ जनाको ज्यान गएको छ भने ८४ हजार सात सय ९५ जना निको भएका छन् ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

कतार

सङ्क्रमित सङ्ख्या : ४ सय ५२
निको भएर घर फिरेकाहरु : ४
अस्पतालमा उपचाररत : ४ सय ४८

कतार सरकारको सल्लाह :

– सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् ।
– भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपकाे प्रयाेग गर्नुहोस् ।

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् ।

नेपाली दूतावासले गर्ने काम र सम्पर्क नम्बर :

– कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ ।
– दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
– मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
– नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ ।

यूएई

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ ।

सङ्क्रमित सङ्ख्या : १ सय १३
निको भएर घर फिरेकाहरु : २६
अस्पतालमा उपचाररत : दुई जना नेपालीसहित ८७

यूएई सरकारको सल्लाह :

– पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् ।
– कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् ।
– यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् ।
– सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् ।
– भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोवाईल एपहरु गर्नुहोस् ।

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ ।

साउदी अरेबिया 

सङ्क्रमित सङ्ख्या : २ सय ३८
निको भएर घर फिरेकाहरु : ६
अस्पतालमा उपचाररत : २ सय ३२

साउदी सरकारको सल्लाह :

– सरकारले कोरोना भाइरस परीक्षणको लागि Saudi Center for Disease Prevention and Control (साउदी सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्राेल) लाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् ।
– सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरकाे सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् ।
– कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् ।

अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ९६६१४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.