कतार एयरवेजका दुई वटा विमानले युरोपियन युनियन अन्तर्गतका देशमा नेपालमा अलपत्र यात्रु लिएर उडेका छन् ।
विहान ११ : ४७ बजे र मध्यान्ह १२ : ४५ बजे कतार एयरवेजका दुई वटा विमानले ६०८ जना पर्यटक लिएर त्रिभुवन विमानस्थल छाडेका हुन् ।
कतार एयरवेजको उडान नम्बर ७७८२ बाट ३०३ पर्यटक फर्किएका छन् भने ३४६८ बाट ३०५ जना युरोप फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालस्थित जर्मन तथा विभिन्न युरोपेली देशका दूतावासहरुको समन्वमा अलपत्र पर्यटकलाई विमान चार्टर गरेर फर्काइएको हो । शुक्रबार पनि कतार एयरवेजबाट ३०७ पर्यटकलाई उद्दार गरेर युरोप लगिएको थियो ।
Comments are closed.