पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

महेन्द्रनगर । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.