महेन्द्रनगर ।वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्तारूढ नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको हो।
बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उपमहासचिव वर्षमान पुनले जानकारी दिए। इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
Comments are closed.