रन्जितालाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ ।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्।बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ ।

प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ ।लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए ।  प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.