कांग्रेस र एमालेबीच सहमति, कांग्रेसलाई गृहसहित १०, एमालेलाई अर्थसहित नौ मन्त्रालय

महेन्द्रनगर । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

सहमतिको पहिलो बुँदामा अहिले ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ । सोमबार राति भएको सहमति अनुसार सरकारमा एमालेले अर्थ मन्त्रालयसहित नौवटा मन्त्रालय र नेपाली कांग्रेसले गृह मन्त्रालयसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ ।

त्यस्तै, कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिनेछ भने एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व पाउनेछ ।

मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई दिने सहमति भएको छ । संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि दुई दलबीच बनेको छ ।

सम्बन्धित

Comments are closed.