काँग्रेस एमाले गठबन्धनप्रति बालेनको कटाक्ष–यो समय गिरिबन्धु चियाको हो,

काले काले मिलेर खाऊ भाले 

महेन्द्रनगर । संसद्का दुई ठुला दल काँग्रेस र एमालेको गठबन्धनलाई काठमाडौँका महानगरका मेयर बालेन साहले काले काले मिलेर खाउँ भाले भन्दै कटाक्ष गरेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ समीकरण बनाउने सहमति भएसँगै मङ्गलवार आज बिहान साहले यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् ।

उनले कमेन्टमा आफ्नो स्ट्याटसलाई थप प्रस्ट्याउँदै गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको र नेपाल मजदुर किसान पार्टी र काँग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो ।

सम्बन्धित

Comments are closed.