हेर्ने कथाबाट चर्चा कमाएका प्रकाशलाई शाहुले १० लाख दिने

महेन्द्रनगर। काठमाडौंवाट हराएर ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ लाई साहू लगायतले खादा लगाएर बिदाई गरेका छन् । बिधा चापागाइको ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् पारिवारिक मिलनमा पुगेका प्रकाशलाई चुमभ्यालीबाट भोजपुरका लागि जनप्रतिनिधि, साहू लगायतले खादा लगाएर बिदाई गरेका छन् ।

पारिवारिक मिलनमा पुगेर दशैंमा फेरि फर्किने वाचासहित पोहोर प्रकाश चुमभ्याली फर्किएका थिए । प्रकाशको बिदाईमा चुमनुव्री गाउँपालिकाका पदाधिकारी, स्थानीय प्रहरी चौकी र अगुवाहरू उपस्थित भएका थिए ।

प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले पनि थप १ लाख रूपैयाँ दिनेछ । प्रकाशको बैंक खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिने प्रतिबद्धता सहित बिदाई गरिएको छ ।

प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए ।एक वर्षअघि ‘हेर्ने कथा’को हराएका वर्षहरूमा प्रकाश तामाङ घर पुगेका थिए भने फेरि फर्किएका थिए । पछि फेरि दशैँ तिहार मान्न भोजपुर गएर गोरखाकै चुमभ्याली गएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.