महाकाली मोडर्न पब्लिक स्कुलको फिल्ड भिजिट कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भाँसीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले आफनो फिल्ड भिजिट सम्पन्न गरेको छ । विद्यालयले मासिक रुपमा विद्यार्थीहरुलाई फिल्ड भिजिट गराँउदै आएको छ । सोमवार विद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लगेर उक्त कार्यलयले दिने सेवा, सुविधा गर्ने कामहरु र अन्य विषयमा जानकारी गराएको छ ।

उनिहरुलाई पुस्तकको ज्ञान मात्रैले नपुग्ने बाहिरी विषयवस्तुहरुको ज्ञानमा पनि पोख्त बनाउने उदेश्यले कक्षा ११ का विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा फिल्ड भिजिट गराईएको प्राधानाध्यापक दिजराज भट्टले जानकारी दिनु भयो ।

विद्यार्थीहरुकोे विषयवस्तु र पाठ्यक्रममा राम्रो ज्ञान प्रदान गराउँदै आएको विद्यालयले प्रत्येक महिनाको एक पटक बाहिर फिल्ड भिजिट गराएर उनिहरुलाई थप अन्य जानकारी दिने विभिन्न क्षेत्रमा लैजाने गरिरहेको उहाँले बताउनु भयो । शिक्षामा मात्रै नभएर उनिहरुको समग्र विकास गराउने उदेश्यले प्रत्येक महिनाको एकपटक विद्यार्थीहरुलाई बाहिर फिल्ड भिजिट गराउने नियम रहेको उहाँले बताउनु भयो ।

उक्त कार्यालयका सबै क्षेत्रहरु विद्यार्थीहरुले अवलोकन गरेका छन् । आफनो कार्यालयमा विद्यार्थीहरुलाई ल्याएर विभिन्न विषयमा छलफल र अवलोकन गराई दिएको मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्र राज जोशीले विद्यालयलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

उहाँले यसरी विद्यार्थीहरुलाई फिल्ड भिजिटमा लैजादा उनिहरुको ज्ञानको दायरा पनि फराकिलो हुने र उनिहरुको बुझाईमा पनि पपिरवर्तन आउने बताउनु भयो । कक्षा ११ का छात्र उमेश बोगटीले फिल्ड भिजिटबाट आफुले धेरै जानकारी पाएको र धेरै कुराहरु सिकेको बताउनु भयो ।

सुनेका भरमा अध्ययन गर्नुमा र आफनै आाखाले देखेर अध्ययन गर्नुमा धेरै फरक रहेको र आफेले फिल्ड भिजिट गर्दा धेरै कुराहरु स्मरणमा रहने र सिकाई पनि राम्रो हुने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.