महेन्द्रनगर । कञ्चनपुरमा रहेको समस्याग्रस्थ शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाले म्याद गुज्रेको सामानहरु नष्ट गरेको छ । सोमवार उक्त सहकारीमा रहेका खान नमिल्ने खाद्यपदार्थहरु नष्ट गरिएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य उद्धव तिम्लिसिनाले उक्त सहकारीले संचालन गरेको गार्डेन मार्टभित्र रहेका म्याद गुज्रिएका समान समेत भीमदत्त नगरपालिकालाई सोमबार हस्तान्तरण गरिएको छ ।
उक्त म्याद गुज्रिएका लाखौँका समान भीमदत्त नगरपालिकाले नष्ट गरेको छ । विभिन्न किसिमका विस्कुटहरु, चाउचाउ, चियापत्ती, मरमसालाहरुको म्याद गुज्रिएर खान अयोग्य भएपछि नगरपालिकालाई जिम्मा लगाएको र पालिकाले सबै सामानहरु नष्ट गरेको बताउनु भयो ।
साथै सहकारीले आफनो बचत बरारबको सामग्री लैजान भन्ने सुचनाको आधारमा ५५ जनाले दिएको निवेदन अनुसार सहकारी संस्थाका ५५ जना बचतकर्ताले समान लगेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत बिहीबारदेखी २० हजारसम्मका बचतकर्ताहरुलाई समान वितरण गरेको थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य उद्धव तिम्लिसिनाले पहिलो चरणमा सानो परिमाणमा बचत गरेका बचतकर्ताहरुलाई बचत बाफतको भौतिक समान वितरण गरिएको बताए ।
उनका अनुसार २५ भदौँ ०८० मा सरकारले समस्याग्रस्त घोषणा गरेको उक्त शिवशिखर बहुउदेशीय सहकारी संस्थाको सम्पत्ती व्यवस्थापन तथा दायित्व भुक्तानीको कार्य समितिले गर्दै आएको र १८ पुष ०८० मा बचत मागदावि अनलाईन मागदावि पेशका लागि प्रकासित गरिएको सुचना र ३० असार ०८१ मा आफ्नो बचत बराबरको समान लिन ईच्छुक बचतकर्ताले भीमदत्त नगरपालिकामा दिएको निवेदनका आधारमा समान वितरण गरिरहेको बताए ।
‘हामीले समानमा राखिएको प्रिन्टेड समान र सरोकारवालाको रहोबरमा बस्तुको मुल्य अनुरुप समान वितरण गरिरहेका छौँ, ‘अब सहकारीको ऋण अशुलदेखि अचल सम्पत्ती बिक्रि गरेर बाँकी बचतकर्तालाई रकम वितरण गछौँ ।’ समान फिर्ताका लागि २ सय ८५ बचतकर्ताले भीमदत्त नगरपालिका र अनलाईनमा निवेदन दिएका थिए । सहकारीबाट ऋण लगेर नतिरेका व्यक्तिहरुबाट समेत अशुल गरेर बचतकर्ताको रकम फिर्ता दिईने बताए ।
बाँकी बचतकर्ताहरुलाई पनि अनलाईन निवेदन हाल्नका लागि आब्हान गरेको छ । शिवशिखर बहुउदेशीय सहकारी संस्थाका बचतकर्ताको संघर्ष समितिका अध्यक्ष लोकेन्द्र लम्सालले साना बचतकर्ताहरुलाई प्राथमिकतामा राखेर समान वितरण गरिएको बताए ।
व्यवसायी खगेश्वर बोहराले साढे चार लाख रुपैयामा मासिक भाडामा दिईएको उक्त घर दुई बर्षदेखि बन्द हुँदा समान मात्रै नभई आफ्नो घरसमेत बिग्रीन लागेको बताए । शिव शिखर बहुउद्देश्यीय सहकारीले कञ्चनपुरको महेन्द्रनगर, बेलौरी र पुनर्वासमा ३ हजार ६ सय ७१ बचतकर्ताको करिब ३१ करोड ९७ लाख रुपैयाँ बचत अपचलन गरेको पाईएको छ ।
गत मंसिरमा सहकारीका मालिक गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । बचत फिर्ता दिन नसकेपछि सहकारी बन्द भएको थियो । पछि सरकारले नै शिव शिखर बहुउद्देश्यीय सहकारीसहित २२ सहकारी संस्थालाई समस्याग्रस्तमा राखेको छ ।