साथी संस्थाले आयोजना गरेको सरोकारवाला निकायसंगको छलफल सम्पन्न

महेन्द्रनगर । हिँसामा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार गरेपछि उनिहरुलाई पूर्नस्थापना गर्नमा समस्या भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । कञ्चनपुरमा रहेको गैर सरकारी संस्था साथीले आयोजना गरेको सरोकारवाला निकायसंगको छलफलमा सहभागीहरुले उद्धार गरेर ल्याएर सेफ हाउसमा राखिए पनि पछि गएर उनिहरुको पूर्नस्थापना, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा समस्या हुने गरेको बताएका हुन् ।

सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तरगत साथी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा लैङिगतामा आधारित हिँसाहरु लाई न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले मानव जाती नै अहिले असुरक्षित भएको अवस्थामा विभिन्न हिँसामा परेका, यौन जन्य हिँसामा परेका सबैलाई कानुनी रुपमा सशक्त बनाउन कार्यान्वयनमा ल्याउन सबैले एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

सबैलाइ समान पहुँच दिएर उनिहरुको सर्वाङगिण विकासमा संस्थाहरुले विशेष भुमिका खेल्दै आएको बताउनु भयो । साथै भीमदत्त नगरपालिकाले पनि पिडित महिलाहरुका लागी विभिन्न योजनाहरु तालिमहरुका संचालन गरी उनिहरुलाई शसक्त बनाएर अगाढी बढाउनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।

साथी संस्थाका कार्यक्रम म्यानेजर पलिता थापाले हिँसामा परेका महिला तथा बालबालिकाहरुलाई कसरी सेवासंग जोडन सकिन्छ, साथै उहाँहरुलाई सेवा दिने निकायहरुसंग समन्वय र सहकार्य लाई अझै कसरी सुदृढ गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

साथै उहाँले सुदूरपश्चिममा अहिले यौन घटनामा वृद्धी भईरहेको र आफनो आफन्तबाट बढी समस्यामा पर्ने र उनिहरुको पुर्नस्थापनमा धेरे नै समस्या भईरहेको बताउनु भयो । संस्थाले मात्रै उहाँहरुको समस्या समाधान गर्न नसक्ने भएकाले सबैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने र राज्यले विषेश रुपमा बजेट छुट्यार नै यो क्षेत्रलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।

संस्थाका जिल्ला कार्यक्रम संयोजक उर्मिला शाहीले पिडितहरुलाई सेफ हाउसमा राख्दा आफुहरुले क्षमता भन्दा बढी राख्नु पर्ने भएर अलि समस्या हुने गरेको बताउनु भयो । विभिन्न हिँसामा परेका महिला बालबालिकाहरुलाई राख्नु पर्ने र विषेश गरेर बालबालिकाहरुलाई उनिहरुको शिक्षामा बढी समस्या हुने, अन्तरजातिय विवाह बलात्कार पछि जन्म लिने बच्चाहरुको विषयमा बढीसमस्या भईरहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.