महेन्द्रनगर ।कञ्चनपुरमा रहेको गैर सरकारी संस्था महासंघले फलफुल वितरण गरेको छ । संविधान दिवश तथा राष्ट्रिय दिवश २०८१ को अवसरमा शुक्रवार गैर सरकारी संस्था महासंघ कञ्चनपुरको आयोजना र यस क्षेत्रमा सक्रिय संघसंस्थाहरुको आर्थिक सहयोगमा महाकाली प्रादेशिक अस्पतालमा फलफुल वितरण गरिएको हो ।
अस्पतालमा उपचाररत ८० जना बिरामीहरुलाई फलफुल बितरण गरिएको गैसस महासंघ कञ्चनपुरका कार्यवाहक अध्यक्ष अमिर तिरुवाले जानकारी दिनु भयो । अस्पतालमा रहेका बिरामीहरुले समस्या र यसका समाधानका लागी समन्वय समितिका प्रमुख,दुर्गा दत्त बोहरा,भीमदत्त नगरप्रमुख पदम बोकटी,उपप्रमुख निलम लेखक,लगायतलालइृ बताएका थिए ।
साथै उहाँहरुले थप गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उहाँका अनुसार बैजनाथ धाम तथा बृद्ध सेवा केन्द्र वेदकोट रौटेलमा रहेका २२ जना बृद्धबृद्धाहरु लाई फलफुलका साथै दही,मिस्ठान र जेरी बितरण गरिएको थियो । रौटेलामा रहेको बृद्धसेवा केन्द्रमा रहेका २२ जना बृद्धबृद्धा संग समेत गुनासो तथा अबका दिनमा गर्नु पर्ने सहयोगका बारेमा छलफल भएको थियो ।
संबिधान दिवशको अवसरमा जिल्ला समन्वय समितिको अगुवाई र भीमदत्त नगरपालिका तथा बिभिन्न गैरसरकारी संस्थाहरुको सहयोग तथा सहकार्यमा जिल्लामा प्रभातफेरी, दिपप्रज्वलन, सरसफाई कार्यक्रम, बृक्षारोपण कार्यक्रम, फलफुल बितरण लगायतका कार्यक्रम गरी मनाइएको गैसस महासंघ कञ्चनपुरका सचिव अञ्जु भटटले जानकारी दिनु भयो ।
उक्त दुवै कार्यक्रमको अध्यक्षता गैसस महासंघ कञ्चनपुरका कार्यवाहक अध्यक्ष अमिर तिरुवाले गर्नु भएको थियो भने, जिल्ला समन्वय समितिका संयोजक दुर्गादत्त बोहराको प्रमुख आतिथ्य र समन्वयका उपप्रमुख राम कुमारी राना,भीमदत्त नगरपालिका नगर उपप्रमुख निलम लेखक जोशीको बिशिष्ट आतिथ्य रहेको थियो ।
यस्तै, कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशी, जिल्ला प्रसासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेल लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।