सन्जिवनी नेपालले संचालन गरेको छलफल चौतारीबाट महिलाहरु सचेत बन्दै

महेन्द्रनगर । अहिले महिलाहरुले आफनो समस्या मात्रै नभएर आफनो समुदायमा रहेका विभिन्न समस्याहरुको बारेमा पनि खुलेर भन्ने गरेका छन् । समस्या मात्रै भन्दैनन, त्यो समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर व्यापक छलफल र निस्कर्ष पनि निकाल्ने गर्दछन्

कञ्चनपुरमा रहेको सन्जिवनी नेपालले डिसिएको आर्थिक सहयोगमा संचालन भईरहेको वर्थ कार्यक्रम मार्फत अहिले महिलाहरुलाई छलफल चौतारीको आयोजना गरी उनिहरुलाई विभिन्न महिलाका समस्याहरु, समुदायका समस्याहरु र जलवायु परिवर्तन, वृक्षारोपण लगायतको विषयमा छलफल गर्दै आएको छ ।

संस्थाका कार्यकारी निर्देशक नितु भट्टका अनुसार छलफल चौतारीमा वडा स्तरमा रहेका महिलाहरुको समुह भित्र महिलाहरुको बालबालिकाहरुको मुद्धालाई ल्याएर एक थलोमा बसी छलफल गर्ने, त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर जानकारी दिने रहेको बताउनु भयो ।

साथै उहाँले महिला अधिकारका विषय, महिला सहभागिताका विषयहरु विकास निर्माणका विषयहरुमा र विभिन्न समस्याहरुलाई कसरी सवालगत रुपमा उठान गर्न सकिन्छ भनेर छलफल चौतारीमा मासिक रुपले छलफल बहस गर्ने गरेको बताउनु भयो ।

साथै अहिले महिला नेतृत्व, जलवायु उत्थानशिलतामा लैङगिक समाबेशी कसरी गराउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराउने र जलवायु परिवर्तनले महिलाहरुलाई कसरी समस्या गराई रहेको छ भनेर पनि छलफल हुने गरेको जानकारी दिनुभयो ।

यस्तै छलफल चौतारीमा नियमित सहभागी हुनुहुने भीमदत्त नगरपालिका १५ की गोदावरी सेठी भण्डारीले आफुले छलफल चौतारीमा आएपछि धेरै कुरा को ज्ञानवद्र्धक जानकारीहरु पाएको बताउनु भयो । छलफल चौतारीले आफु लगायत अन्य महिला दिदिबहिनीहरुलाई आन्नद दिने विभिन्न समस्याको समाधान कसरी गर्न सकिन्छ ? कसरी अन्यायमा परेका महिलाहरुलाई न्याय दिन सकिन्छ ?

भन्ने विषयवस्तुमा छलफल हुनेर समाधान खोजिने बताउनु भयो । कतिपय महिलाहरु पिडमा भएर पनि आफनो समस्या बाहिर ल्याउन र भन्न नसकेको अवस्थामा हामी छलफल चौतारीमा ती विषयमा पनि छलफल गरे न्याय दिने निकाय सम्म लगेर सहयोग गर्ने गरेको बताउनु भयो । साथै जलवायु परिवर्त भनेको केहो ? कसरी यसबाट जोगिन सकिन्छ ? महिलाहरु कसरी बढी प्रभावीत भएका छन ? भनेर पनि छलफल हुने गरेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.