यस्तो छ कैलाली सशस्त्र प्रहरी र भारतीय शसस्त्र बिच भएको सहमति

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय शसस्त्र सीमा बल बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ। आइतवार ९आज० कैलाली जिल्लाको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर र भारतीय शसस्त्र सीमा बलबीच शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणको परिसरमा बैठक भएको हो।

बैठकमा १० विषयमा सहमति गरिएको छ। दुबै देशका सशस्त्र प्रहरी दुई सुरक्षा निकाय बिच खबर आदान प्रदान, सीमा इलाकामा संयुक्त गस्ती गर्ने, सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने विषयमा समन्वय गर्न सहमत भएका छन्।

यस्तै सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप, अवैध रुपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, अवैध रुपमा हातहतियार ओसारपसार, तथा लागुऔषध ओसारपसार, मानव तस्करी नियन्त्रण गर्ने लगाएतका १० विषयमा समन्वय गर्न सहमत भएका छन्।

यसका साथै आउँदै गरेकोे बडा दशैं, तिहार, छठ पर्व लगाएतका चाँडपर्वमा भारतबाट स्वदेश आउने र सीमा क्षेत्रमा लुटिने घटना हुन नदिन,दुवै देशका सुरक्षाकर्मीबाट सहजीकरण गरिदिने, सीमामा हुने घुसपैठ तथा अपराध रोकथाम लगायतका विषयमा समेत सहमत भएका छन्।

उक्त बैठकमा ३४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डे र भारतीय सशस्त्र सीमा बल, एसएसबी ३ नम्बर बटालियन लखिमपुर खिरीका कमाण्डेण्ट देवानन्द सहित सशस्त्र प्रहरी बल, नेपालबाट सशस्त्र प्रहरी नायव उपरिक्षकहरु मोहन न्यौपाने, पुर्ण बहादुर चन्द र गान्धिव राज स्याङतान तथा एसएसबीबाट एसआई ९जिडी० राजेन्द्र जाटको उपस्थिति रहेको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.