कञ्चनपुरमा रास्वपाको शान्तिपुर्ण विरोध र्‍याली

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरले दुुई तिहाइको बर्तमान सरकारले राजनितिक प्रतिसोध साधेको तथा भ्रष्ट्राचार जस्ता जघन्य मुद्धाका आरोपीलाई समेत संरक्षण गरेको भन्दै शान्तिपुर्ण विरोध र्‍याली निकालेको छ । महेन्द्रनगको स्थानिय पार्कबाट सुरु गरिएको उक्त  र्‍याली मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

देशमा भएका ठुलाठुला काण्डको छानबिन नगर्ने तथा भ्रष्ट्राचारमा संलग्नलाई संरक्षण गरेको भन्दै सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो उनीहरु  ‘सहकारी पीडितलँई न्याय दे, ‘फासिस्ट सरकार मुर्दावाद, ‘राजनीतिक प्रतिशोध बन्द गर जस्ता नारा ल्ँगाएका छन । रास्वपाका नेता ज्ञानेन्द्र महताले सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी पार्टी सभापति रवि लामिछानेलाई फसाउने षड्यन्त्र विरुद्ध प्रदर्शन गरेको बताए । हामी शान्तिपुरर्ण रुपमा निलो क्रान्तिमा होमिएका छौ ।

यो क्रान्ति नेपाल र नेपालीका लागि अन्तिम क्रान्ति हुन सक्छ, अब देशलाई भ्रष्ट्रारीहरुको चंगुलबाट बाहिर निकाल्नु पर्ने बेला भएकाले यसमा आम नेपाली देशभक्त नागरिकले एक हुनु पर्ने समेत रास्वपाका नेता ज्ञानेन्द्र महताले बताए । कोणसभालाई सम्बोधन गर्दै रास्वपा नेता महताले यतिबेलँ हाम्रो पार्टी सभापतिमाथि षड्यन्त्र हुदैछ ।

बर्तमान सरकारले शक्ति र सक्ताको दुरुपयोग गरी राजनितिक प्रतिसोध लिएर धरपकड गर्न खोजे सह्य नहुने बताउनु भयो । यस्तै रास्वपाका अर्का नेता जनक धामीले कोणसभालाई सम्बोधन गर्दै षड्यन्त्रको विरुद्धमा हाम्रो लडाइ हो,’ उनले भने, ‘रास्वपा र रविको लोकप्रियता देखेर अत्ताल्ँिएकाहरु हामीलाई सिध्याउनका लागि कम्मर कसेर लागेका छन । होसियार, यहा लाखौं रवि लामिछानेको जन्म भैसकेको छ ।

एक जनालाई सिध्याएर रास्वपाको अभियान नरोकिने समेत नेता धामीले बताउनु भयो । उक्त कोण सभालाई रास्वपाका नेता झंकर जोशी,चन्द्रा ऐर,भोजराज जोशी तथा पदम बिष्टले समेत सम्बोधन गरेका थियो ।

आन्दोलनलाई थप ससक्त रुपले अगाडी बढाइने भिमदत्त नगर सभापति अम्बादत्त जोशीले जानकारी दिए । कार्यक्रमका वक्ताहरूले पार्टी सभापति रवि लामिछानेलाई सरकारले फसाउने षड्यन्त्र गरेको भन्दै त्यसको प्रतिवाद गर्ने उद्घोष समेत गरेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.