महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ की मानेस्वरी सिंहलाई अहिले आफनो कुराहरु निर्धक्क राख्न कुनै पनि समस्या छैन् । आफनो मात्रै होईन समुदायका विभिन्न घटनाहरु, समस्याहरुमा पनि उनले छलफल गर्ने समाधान गर्ने गरेको पाईन्छ ।
डिसिएको आर्थिक सहयोगमा सन्जिवनी नेपालले वर्थ कार्यक्रम मार्फत अहिले भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडाहरुमा महिलाको समुह गठन गरी उनिहरुको नेतृत्व विकास, महिलाका समस्याहरु, समुदायका समस्याहरु र जलवायु परिवर्तन, वृक्षारोपण लगायतको विषयमा छलफल गर्दै आएको छ ।
जस्ले गर्दा अहिले महिलाहरु आफनो समस्या मात्रै नभएर समग्र समुदायको समस्याहरुको विषयमा पनि बोल्न सक्ने भएका छन् । २ महिना पहिला आफुलाई संस्थाले तालिम दिएपछि अहिले आफनै वडामा गठन भएको समुहमा लागेर महिलाहरुका सवालमा रहेका विभिन्न समस्याहरु, समाधानहरुको विषयमा छलफल हुने गरेको मानेस्वरी सिंहले बताउनु भयो ।
पहिले आफुलाई यसरी अगाढी आएर बोल्न नसक्ने, डर लाग्ने गरेको भएपनि संस्थाले दिएको तालिम र छलफल चौतारीमा आएपछि अहिले निर्धक्क बोल्न सक्ने आफनो समस्याहरु भन्न सक्ने आफनो मात्रै नभएर अरुको पनि समस्यामा कुरा गर्न सक्ने भएको बताउनु भयो । आजको छलफल चौतारीमा अहिले महिला नेतृत्व, जलवायु उत्थानशिलतामा लैङगिक समाबेशी कसरी गराउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताउनु भयो ।
साथै जलवायु परिवर्तनले महिलाहरुलाई कसरी समस्या गराई रहेको छ, भनेर पनि छलफल भएको र त्यसको समाधान कसरी अनुकुल हुने भनेर पनि जानकारी भएका बताउनु भयो । यो छलफल चौतारी अन्य पालिकाहरुले पनि समुह बनाएर संचालन गर्नुपर्ने उहाँले सुझाव दिनु भयो ।
एउटा समुहमा २५ जना महिलाहरुको सहभागिता रहने र उनिहरुले मासिक रुपमा बचत पनि गर्ने गरेको सन्जिवनी नेपालका कर्मचारी दिपक जोशीले जानकारी दिनु भयो । उहाँहरुले आफनो मात्रै समस्यामा छलफल नगरी समुदायमा हुने गरेका समस्याहरु, विपदहरुका समस्याहरुमा रहेर छलफल गर्ने, र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर पनि निष्कर्स निकाल्ने गरेको बताउनु भयो ।
महिलाहरुको समस्यामा कसरी न्याय दिन सकिन्छ ? कुन माध्यमबाट जाने कस्तो प्रक्रिया अपनाउने? भन्ने विषयमा छलफल हुने बताउनु भयो साथै अहिले जलवायु परिवर्तन बाट हुने असरहरु र त्यसबाट कसरी जोगिन सकिन्छ ? भन्ने बारेमा पनि व्यापक छलफल हुने समुदायमा सहयोगी भावना कसरी जगाउने भन्ने बारेमा पनि दिदिबहिनीहरुले काम गर्ने गरेको बताउनु भयो ।